कम्प्युटर भाइरस के हुन ?
कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अ र्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु (Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ । https://www.facebook.com/bbhandari2054/